‘म यस्तो गीत गाउँछु २’ जेठदेखि विदेशमा प्रदर्शन हुँदै

२०७८ सालको फागुन १३ गते नेपालमा प्रदर्शन भएको सुपरहित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ आगामी मे महिना अर्थात् जेठदेखि विदेशमा प्रदर्शन हुने भएको छ । सुदर्शन थापाको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रको अन्तर्राष्ट्रिय वितरणको जिम्मा नेपसिने कम्पनीले लिएको छ ।

पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको चलचित्रको अमेरिका र क्यानडासँगै बेलायत, अष्ट्रेलिया र हङकङको लागि पनि प्रदर्शन हुने जनाइएको छ । चलचित्रलाई उत्तर अमेरिकामा नेपसिने र बेलायतमा मिफरुङ यु र युके मगर एसोसिएसनले प्रदर्शन जिम्मा लिएको छ । अष्ट्रेलियामा नेपाली टचले प्रदर्शन जिम्मा लिएको छ । उत्तर अमेरिकासहितका मुलुकमा कम्पनीले लागत बाँडफाँडको मोडलमा वितरण अधिकार लिएको हो ।

सांगीतिक प्रेम कथामा तयार भएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरुको अभिनय छ ।

Leave a Reply