बाबु बने विपिन,छोरीको बाबु बन्न पाएकोमा प्रशन्न

पर्दामा हरेक भूमिकालाई जीवन्तता दिन सक्ने अभिनेता विपिन कार्की छोरीको पिता बनेका छन् । विपिनकी पत्नी रेश्मा कटुवालले आज बल्खुको बयोधा अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । छोरीको तौल ३.७ केजी रहेको विपिनले बताए । विपिनले भने–‘चलचित्रको पर्दामा पनि म बाबु बनेको छु । तर, त्यसमा अभिनय गर्दा र रियल लाइफमै बाबु भन्दाको अनुभव धेरै फरक हुने रहेछ । म आफूलाई महशुश भएको कुरा शब्दमा बर्णन गर्न नै सक्दिनँ ।’

५ वर्षअगाडि विवाह गरेका विपिन र रेश्माको पहिलो सन्तानको रूपमा छोरीको जन्म भएको हो । छोरीको आगमन भएकोमा विपिनले आफ्नो खुसी व्यक्त गर्दै छोरीलाई काखमा लिएको तस्बिर फेसबुकमा सेयर गरेका छन् । फेसबुकमा फोटो सेयर गर्दै हाम्रो प्रेम र बन्धनको पहिलो उत्पादन रहेको र आफूहरू माता–पिता बन्न पाएकोमा प्रशन्न रहेको भनेर लेखेका छन् ।

घरमा लक्ष्मीको रुपमा छोरीको आगमन भएकोमा अभिनेता विपिन कार्कीले खुसी व्यक्त गरेका छन् । उनले अहिले आमा र छोरी दुबैको स्वास्थ्य सामान्य रहेको जानकारी दिएका छन् ।

उनले छोरी सुनको दिल भएको एक सुन्दर र आकर्षक महिलाको रुपमा विकसित हुनेमा विश्वास व्यक्त गरेका छन् । विपिन छोरीसँग खुसी मुद्रामा देखिएको तस्विर सामाजिक सञ्जालमा साझेदार गरेर अहिले चलचित्रकर्मी र प्रशंसकहरुले कार्की दाम्पत्यलाई बधाई दिइरहेका छन् । विपिनले छोरीको नाम सोचिरहे पनि अहिले नै कुनै नराखेको बताएका छन् ।

प्रत्येक चलचित्रमा फरक–फरक भूमिका निभाउँदै आएका विपिन हालै चलचित्र ‘सेल्फी किङ’ को छायांकन सकाएका छन् । यसमा उनले एक हास्यकलाकारको भूमिका निभाएका छन् । विपिनले एक चर्चित हाँस्य कलाकारले पाएको सफलता र व्यक्तिगत जीवन बीचको सन्तुलन मिलाउन गर्ने संघर्षकोलाई कथामा देखाइएको छ । चलचित्र यही फाल्गुन २३ गते प्रदर्शनमा आउने भएको छ ।

Leave a Reply