पल शाह विरुद्ध प्रहरीमा उजुरी

नायक पल शाह विरुद्ध प्रहरीमा उजुरी परेको छ । चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै पलविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन् ।

म्युजिक भिडियोको सुटिङका लागि धरान आएका शाहको निर्देशनमा सहयोगी कृष्णप्रसाद जोसीले आफूमाथि आक्रमण गरेको प्रधानको दाबी छ । कुटपिट अघि दुव्यर्वहार गरेका शाहले होटल ज्वाई खानामा रहेका बेला ८-१० जनाको टोली नै बोलाएको र कार्यक्रमका विषयमा छलफल गर्दा उनले दुव्र्यवहार गरेको प्रधानले दिएको उजुरीमा उल्लेख छ ।

Leave a Reply