प्रसिद्ध भारतीय गायिका आशा भोस्ले दोस्रो पटक नेपालमा ,गरियो भव्य स्वागत (फोटो फिचर/ भिडियो सहित)

आमाको महत्व र मायालाई दर्साइएको चलचित्र ‘आमा’का लागि नायिका सुरक्षा पन्तले कपाल नै मुन्डन गरेकी छिन् । तर, कपाल मुन्डन गर्दाको दृश्य खिचिरहँदा उनलाई सजिलो भने भएन । सुरक्षाले चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा भनिन्–‘मलाई कपाल मुन्डन गरिरहँदा गाह्रो भैरहेको थियो । मैले आफूलाई सम्हालिरहेकी थिएँ । यत्तीकैमा एक जना बुवा आउनुभयो र मेरो कपाल मुन्डन गरिदिनुभयो । उहाँले मलाई निकै मायाले कपाल मुन्डन गर्नुभएको थियो ।

उहाँको मायाले नै मलाई भावुक बनाएको थियो ।’ सुरक्षाले अगाडि भनिन्–‘कपाल मुन्डन गरिदिएपछि बुवाले मलाई फिल्ममा यस्तो पनि गर्नुपर्ने रहेछ है भन्नुभयो । त्यो बेला मेरा आँखा रसाएँ । मलाई एउटा कलाकार भएकोमा खुशीको अनुभुती भैरहेको थियो ।’ सुरक्षाले यो चलचित्रमा काम गर्दा आफू अभिनयको चरम विन्दुमा पुगेको बताइन् । भनिन्–‘धेरै चलचित्रमा काम गर्दा अब त केही होला भन्दा भन्दै त्यो विन्दुमा पुग्न सकिदैन । तर, मैले यो चलचित्रमा काम गर्दा केही स्थानमा अभिनयको त्यो चरम विन्दु पाएकी छु ।’ बिहीबार राजधानीमा आयोजित कार्यक्रममा उनले ‘आमा’ चलचित्रको सुटिङको अनुभव सुनाउदै भावुक भइन्। कार्यक्रममा बोल्दै कलाकार मिथिला शर्माले यस चलचित्रलाई आफ्नो करिअरको टर्निङ पोइन्ट भनेकी छन्।कारण, हाल म थुप्रै चलचित्रमा आमा बनेर खेलिसकेको छु।

यस चलचित्रले मलाई दिदीपछि आमाको उपनाम दिएको छ,’ उनले भनिन्। चलचित्रमा आमाको भूमिका कलाकार मिथिला शर्मा र छोरीको भूमिका अभिनेत्री सुरक्षा पन्तले निर्वाह गरेका छन्। निर्देशक दीपेन्द्र के खनालद्वारा निर्देशित यस चलचित्रमा मिथिला र सुरक्षाका साथमा सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल, टिका पहारी र पदमप्रसाद पौडेल लगायतले अभिनय गरेका छन्। चलचित्रमा आमा पात्रको माध्यमबाट हरेक घरको कथा पस्कने प्रयासले गरेको निर्देशक खनालले बताए। चलचित्रमा सुवास भुषालको संगीत र दिर्घ खड्काको सम्पादन रहेको छ।

चलचित्रको छायांकन काठमाण्डौ र रामेछापमा भएको हो । चलचित्र फागुन ९ (महाशिवरात्री) मा प्रदर्शन हुँदैछ ।5:51 PMभारतीय प्रसिद्ध गायिका आशा भोस्ले बुधबार नेपाल आएकी छन् । साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा आएका उनी बुधबार करिब साँझ ५ बजे एअर इण्डियाको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी हुन् ।आशा भोस्लेको नेपाली परम्परागत नाचगान र आरतीले भव्य रुपमा स्वागत गरिएको हो । शनिबार राजधानीमा आयोजना हुने सांगितिक कार्यक्रममा संगितकार रञ्जित गजमेरको एकल संगितमा उनले केही गीत प्रस्तुत गर्नेछिन् ।

भोस्लेलाई नेपालका ३५ जना कलाकारले पनि साथ दिने छन् । नेपालमा भोस्लेको यो पहिलो साङ्‍गीतिक प्रस्तुति हो भने नेपाल आगमन दोस्रो हो। यसअघि उनी अर्का चर्चित सङ्‍गीतकर्मी तथा श्रीमान् आरडी बर्मनसँग नेपाल आएकी थिइन्। यसअघि केन्द्रको निमन्त्रणामा अनुराधा पौडवाल, सञ्जीवनी, दीपानारायण झा, साधना सरगम, इन्द्रजीत मिजारलगायत कलाकार नेपाल आइसकेका छन् । ८० वर्षीया गायिका भोस्लेले लुम्बिनी, पोखरा, मुक्तिनाथलगायत स्थानको पनि भ्रमण गर्ने बताइएको छ ।

भोस्लेको यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु, गैरीखेतको शिरै हान्यो, मोहनी लाग्ला है, झझल्को लिएर आएछ सावन, साउने झरीमा, नयाँ नयाँ सजाऔँ है संसार, के सोचेँ मैले के भयो अहिले, किन बढ्दै छ ढुकढुकी मुटुको, पहाडको माथिमाथि, तिम्रो मनमा लुकेको कुरा, टाढा भई नजाऊ कहिल्यै लगायत नेपाली गीत चर्चित छन् ।


भोस्लेको आगमन र पाँचदिने बसाइ ‘भ्रमण वर्ष २०२०’ सफलतामा सहयोगी बन्नसक्ने आयोजकको बुझाइ छ।

तस्वीर : योगेन्द्र भुजेल/भद्र बहादुर कार्की/कोरिबाटी

Leave a Reply