सौगात र सृष्टिको ‘माईकल अधिकारी’को फर्ष्टलुक पोस्टर सार्वजनिक

‘रियल कपल’ सौगात मल्ल र सृष्टि श्रेष्ठको प्रमुख भूमिका रहेको चलचित्र ‘माइकल अधिकारी’को प्रदर्शन मिति तय गरिएको छ । को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक दुईवटा पोस्टरमध्य एउटामा सौगातले बोकेको खर्पनमा एकातिर सृष्टि र बच्चा छन् भने अर्कोतिर पैसाको भारी छ । त्यस्तै, दोस्रो पोस्टरमा सौगात र सृष्टि पैसाको विछ्यौनामा पल्टिरहेका प्रस्तुत छन् ।

चलचित्र आगामी भदौ ३ मा प्रदर्शन हुने छ । सेरोगेसीको कथामा आधारित भएर निर्माण हुन लागेको चलचित्रमा सौगात र सृष्टिसँगै अशान्त शर्मा, एनी कुँवर, हेमन्त बुढाथोकी, बिद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा, बिट्रिनी कलाकार जमाइका टोम्ससहित झापाको चर्चित नाट्य समुह परिवर्तन थियटरका कलाकारको अभिनय रहनेछ ।

रञ्जित रौनियारले निर्देशन गर्ने चलचित्रलाई गोपीकृष्ण मुभिजले निर्माण गरेको हो । चलचित्रलाई काठमाडौंभित्र करणको कम्पनी जिजिए ग्रुप र मोफसलमा श्रीकृष्ण फिल्मस् र पाथिभरा फिल्मसले वितरण गर्दैछ । चलचित्रका प्रस्तुतकर्ता उद्धव पौडेल र निर्माता निरक पौडेल हुन् । चलचित्रमा राजुविक्रम थापाको छायाङ्कन, निर्देशक रन्जित रौनियारको कथा, शैलेश कंडेल क्षेत्रीको पटकथा तथा संवाद, शम्भुजित बाँस्कोटा र निलेश सिंहको संगीत, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

Leave a Reply