चलचित्र ‘चिसो मान्छे’मा स्वस्तिमा र अर्पणको जोडी

निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा बन्‍न लागेको चलचित्र ‘चिसो मान्छे’को धमाधम तयारी अगाडि बढिरहेको छ । यस चलचित्रको छायाँकन कोरोनाको महामारी सकिएपछि शुरु गरिने जनाइएको छ । चलचित्रको मुख्य भूमिकाको लागी अभिनेत्री स्वस्तिमा खड्का फाइनल भइसकेकी छिन् । स्वस्तिमासँगै चलचित्रमा अभिनेता अर्पण थापा पनि देखिने भएका छन् । यस चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता अर्पण थापाको जोडी रहने बुझिएको छ । निर्माण टिमले यस विषयमा कुनै औपचारिक घोषणा भने गरेको छैन ।

 

अहिले चलचित्रको स्क्रिप्टको काम भइरहेको र चलचित्रको छायांकन सुदूरपश्चिमका विभिन्न स्थानमा गरिने जनाइएको छ । शर्मिला पाण्डेको लगानीमा निर्माण हुने चलचित्रलाई ११ भदौ २०७८ मा रिलिज गरिने भएको छ । ‘चिसो मान्छे’ पछि दीपेन्द्रकै निर्देशन र शर्मिलाको लगानीमा ‘लकडाउन’ निर्माण गरिने भएको छ ।

Leave a Reply