‘म यस्तो गीत गाउँछु २’को थारु भाषामा प्रमोसनल गीत

आगामी फागुन १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको प्रतिक्षीत चलचित्र ‘म यस्तो गीत गाउँछु २’को थारु भाषामा प्रमोशनल गीत सार्वजनिक भएको छ । निर्माण टिमले नेवारी भाषामा पनि एउटा प्रमोसनल गीत तयार पारेको छ । नेवारी भाषाको गीत र भिडियो भने बिहीबार सार्वजनिक गरिनेछ । बुधबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रको थारु र नेवारी भाषामा तयार पारिएको प्रमोसनल गीत प्रदर्शन गरिएको थियो ।

नरेश जोगी र मधु चौधरीको स्वरमा तयार थारु भाषाको गीतमा नरेशकै शब्द तथा संगीत छ । भिडियोमा चलचित्रका मुख्य दुई कलाकार पल शाह र पूजा शर्मालाई थारु पोशाकमा प्रस्तुत गरिएको छ । सौैरभ लामाले खिचेको भिडियोको कोरियोग्राफी विक्रम चौहानले गरेका हुन् ।

सुदर्शन थापाको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रको प्रचारप्रसारमा दौडधुप गरिरहेको चलचित्रको टिम केहि दिन अघि नै हलमा पुगेर माहोल बुझ्न पुगेका थिए । उनीहरुले हलमा पुगेर दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्नुका साथै हलका कर्मचारी र म्यानेजरसँग पनि दिनहुँ जसो भेटघाट गरिरहेका छन् ।

चलचित्रको सार्वजनिक भएको ‘तिम्रो घरको वरिपरि’,‘दुःखको काँडा’ र ‘कसम कसम’ बोलको गीतलाई दर्शक तथा श्रोताले निकै रुचाएका छन् । चलचित्रको ट्रेलरलाई पनि दर्शकले अत्याधिक मन पराएका छन् । सांगीतिक प्रेम कथामा तयार भएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरुको अभिनय छ ।

Leave a Reply