प्रभाससँगको प्रेम चर्चाबारे कृतिको स्पष्टिकरण-‘यो गलत अफवाह हो’

हालै, बलिउड अभिनेत्री कृति सेनन र साउथ सुपरस्टार प्रभास प्रेम सम्बन्धमा रहेको चर्चा चलेको थियो। तर, कृतिले प्रभाससँगको अफेयरलाई झुट बताएकी छन् । उनले सामाजिक सञ्जालमार्फत् प्रभाससँग प्रेम सम्बन्ध नरहेको स्पष्टिकरण दिएकी छन् । एक रियालिटी शोमा अभिनेता वरुण धवनले मजाक गर्दै भनेको कुराले अफवाहको रुप लिएको उनको भनाई छ ।

उनले इन्स्टा स्टोरीमा लेखेकी छन्, ‘न यो प्रेम हो न पिआर । हाम्रो भेडिया (वरुण धवन) एक रियलिटी शोमा केही बढी नै वाइल्ड भएको थियो । उसको मजाकपछि कयौं अफवाह फैलियो । कुनै पोर्टलले मेरो विवाहको मिति घोषणा गर्नुपूर्व म स्पष्ट पार्न चाहन्छु कि यो अफवाहबाट टाढा रहनुस् । यो अफवाह गलत छ । यसमा कुनै सत्यता छैन ।’ उनले गलत समाचारबाट बच्न आग्रह गरेकी छन् ।

केही दिन अघि बलिउड स्टार वरुण धवनले चलचित्र ‘भेडिया’को प्रमोशन गर्ने क्रममा एक टिभी कार्यक्रममा कृति सेनन दीपिका पादुकोण (प्रोजेक्ट के) सँग शुटिङ गरिरहेकी एक अभिनेताको मुटुमा रहेको बताएका थिए, उनले प्रभासको नाम भने लिएनन् । यसपछि मिडियामा कृति र प्रभास प्रेम सम्बन्धमा रहेको चर्चा चलेको थियो । कृति र प्रभाससले पहिलो पटक एकसाथ चलचित्र ‘आदिपुरुष’मा काम गरेका छन् ।

Leave a Reply