मदन खनालको स्वरमा ‘कोहि छैन मेरो’ गीत सार्वजनिक(भिडियोसहित)

गायक मदन खनालको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । ‘कोहि छैन मेरो’ बोलको गीत मंगलबार सिने जोन नेपालको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा शब्द तथा सङ्गीत गायक मदन खनाल र सुशील स्तुपिडको रहेको छ । म्युजिक भिडियोमा सन्देश साह र वर्षा लम्साल फिचर्ड छन् । भिडियो सन्तोष कार्कीले निर्देशन गरेका हुन् भने विनोद भिभिकेको छायाङ्कन र सन्देश साहको सम्पादन रहेको छ । आफ्नो रुचिलाई सबैले हेला गरेको र मायामा पनि हारेर विदेशमा जान बाध्य भएको गीतमा प्रस्तुत गरिएको छ । सबैजना हुँदा पनि आफूले एक्लो महसुस गरेको र आफ्नो कोहि नभए पनि आफ्नो लक्ष्य पुरा गर्न हार नमान्ने  परिस्थिति गीतले बयान गरेको छ ।​ भिडियो हेर्नुहोस् :    

Leave a Reply