निर्देशक तथा लेखक छेतेन गुरुङको निधन

चलचित्र लेखक तथा निर्देशक छेतेन गुरुङको निधन भएको छ । उनको गएराती २ बजे मेट्रो हस्पिटल, महाराजगंजमा निधन भएको हो । उपचारका क्रममा उनको निधन भएको वुझिएको छ । कलेजोमा समस्या आएपछि गुरुङलाई उपचारका लागि २ दिन अगाडि अस्पताल भर्ना गरिएको थियो । लेखक गुरुङले चलचित्र ‘नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर ३’को स्क्रिप्ट लेखेका थिए । यस्तै, उनले निर्देशन गरेको चलचित्र ‘डमरुको डण्डिबियो’ रिलिज भैसकेको छ । छेतनले नै निर्देशन गरेको चलचित्र ‘प्रेमगीत ३’ लकडाउनका कारण रिलिज हुन पाएको थिएन । उनी, नयाँ चलचित्र ‘हुतुतु’ निर्देशनको तयारीमा थिए ।

Leave a Reply