सुशान्तकी प्रेमिका अभिनेत्री रिया चक्रवर्ती पक्राउ

बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले मंगलबार पक्राउ गरेको छ । केही समयअघि आत्महत्या गरेका अभिनेता सुशान्त सिंह राजपुतकी प्रेमिका हुन्,रिया चक्रवर्ती । उनीमाथि ड्रग्स प्रयोग गरेकोसहित विभिन्न गम्भीर आरोप लागेको थियो, जसको विषयमा नारकोटिक्स कन्ट्रोल ब्यूरोले उनीसँग निरन्तर सोधपुछ गरेको थियो । पक्राउ गरेपछि मेडिकल टेस्ट र कोरोना परीक्षण गर्न उनलाई अस्पताल लगिएको छ ।

एनसिबीले पहिलो दिन रिया चक्रवर्तीसँग करीब ६ घण्टा लामो सोधपुछ गरेको थियो । दोस्रो दिन ८ घण्टा र तेस्रो दिन अर्थात् मंगलवार ३ घण्टा सोधपुछपछि उनलाई एनसिबीले पक्राउ गरेको हो । ड्रग प्याडलिङ मुद्धामा उनी पक्राउ परेकी हुन् । सुशान्त सिंह राजपूतलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै उनका प्रशंसक रियाको पक्राउको लामो समयदेखि प्रतिक्षा गरिरहेका थिए ।

Leave a Reply