मार्क ट्राभिसको ‘डाइरेक्टिङ फिचर फिल्म्स’को नेपाली अनुवाद ‘निर्देशकको यात्रा’ सार्वजनिक

आज भन्दा दुई दशकअघि अमेरिकामा प्रकाशित चलचित्र निर्देशनसम्बन्धी पुस्तक ‘डाइरेक्टिङ फिचर फिल्म्स’को नेपाली अनुवाद प्रकाशन भएको छ । ‘महानगर’ चलचित्र निर्देशक मोहन राई अनुदित पुस्तकको शुक्रबार अभि सुवेदी, जोएलहिबोनेट, नविन सुब्बा, सुस्मा राईले संयुक्त रुपमा विमोचन गरे ।

पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै युरोपियन युनियनकी उपराजदूत हिबोनेटले चलचित्र सञ्चारको सशक्तमाध्यम भएको बताउँदै पुस्तक प्रकाशनले यो माध्यमको शक्तिलाई थप प्रभावशाली बनाउन मद्दत गर्ने धारणा राखेकी थिइन् ।

‘युरोपियन युनियनले पनि फिल्मको माध्यमलाई महसुस गरी नेपालमा युरोपियन फिल्म फेस्टिभल गरिरहेको छ । यस्ता किताबको प्रकाशनले नेपाली फिल्मकर्मीलाई थप प्रतिस्पर्धी सिनेमा बनाउन मद्दत गर्छ भन्ने विश्वास छ,’ उनले भनिन् । यसैगरी पुस्तक प्रकाशक मिडलवे फिल्मस् कि प्रमोटर सुस्मा राईले मोहन राई आफ्नो भाइ भएको र उसले फिल्म निर्माणसँगै यसको प्राज्ञिक काममा योगदान गरिरहेको देख्दा असाध्यै खुसी लागेको बताएकी थिइन् । ‘मैले किताब पढ्न पाएको छैन किनकि हिजो मात्र गाउँबाट फर्किएँ । तर मोहनले अनुवाद गरेको यो पुस्तकले हामी जस्ता सरकारी स्कुल पढेर अंग्रेजी भाषा बुझ्न संघर्ष गरिरहेकालाई मद्दत गर्छ भन्ने ठानेकी छु,’ उनले भनिन् ।

कार्यक्रममा निर्देशक नविन सुब्बाले निर्देशनसम्बन्धी आफूले पढेका किताबमध्ये आफूलाई मन परेको किताबमोहन राईले अनुवाद गरेकोमाआफूलाई ईष्र्या लागेको बताउँदै यो किताब अगाडि राखेर मात्रपनिफिल्मनिर्देशन गर्ने हो भने अहिले बनिरहेभन्दाउत्कृष्ट नेपालीफिल्मबनाउन सकिने धारणा राखेका थिए ।
‘हामी आर्ट सेक्टरमाकाम गर्ने मान्छे पढ्ने कुरामा रुची राख्दैनौँ । जन्मजातप्रतिभालिएर आएका छौँ । मैले किनअरुको कुरा पढ्ने, सिक्ने भन्ने सोच छ । तर विश्वमा धेरै राम्रा राम्राकामभइरहेका छन् । यो पुस्तकत्यस्ता धेरै राम्राकामहरूको संश्लेषण हो ’ उनले भने, ‘ जानेको कुरालाई झन् तिखार्नुपर्छ । यसरी तिखार्नेकाम यस्तै पुस्तकले गर्छन् ।’

उनले पुस्तकदुई दशकअघि प्रकाशनअघि भएकाले पछिल्लो समयको ज्ञान यसमानसमेटिए पनिअनुदितकिताब हरेक फिल्मकर्मीको ‘बुकसेल्फ’माहुनैपर्ने किताब रहेको जिकिर गरेका थिए ।
मोहन राईले दिग्गजफिल्मकर्मीसँगको अन्तर्वार्तामाआधारित ‘जक्स्टापोजिसन’प्रकाशन गरेका छन् । धेरै वर्षपहिले सार्वजनिक यो पुस्तक सार्वजनिकीकरणमा पनिवक्ता रहेका लेखक अभि सुवेदीले मोहन राई आफ्नो प्रियशिष्यमध्ये एक रहेको बताउँदै मोहनको सक्रियतालोभ लाग्दो रहेको बताएकाथिए । उनले किताबको अनुवादमाअलि क्लिष्ट शब्दप्रयोगभएपनिकिताबफिल्मकालागिमात्रनभएर थिएटरका लागिपनिउत्तिकै उपयोगी रहेको बताएकाथिए ।

‘यो किताबफिचर फिल्मनिर्देशनमा केन्द्रितभएपनिमलाई यो किताबमा मन परेको कुरा के हो भने यसले सहकार्यको कुरामा जोड दिएको छ । जस्तो कि अहिले थिएटर र सिनेमामा यस्तो अभ्यास देख्न सकिन्छ,’ उनले भने, ‘थिएटरका मान्छे फिल्ममागइरहेका छन् र फिल्मका मान्छे थिएटर गर्न इच्छुक छन् । यो किताबमात्यस्ता कुराहरू सम्बोधितभएका छन् । यो मलाई राम्रो लाग्यो ।’

अनुवादक मोहन राईले आफूले सात-आठ वर्ष अगाडिदेखि यो पुस्तकमा काम गरिरहेको बताएपनिविविध कारणले ढिलो भएको बताएकाथिए । आफू यस्ता प्राज्ञिक कामनिःशुल्कगर्न तयार रहे पनियसमा संस्थागत संलग्नताको खाँचो रहेको बताएकाथिए ।‘म त निःशुल्कपनि यस्ता काम गर्न तयार छु । तर एक जनाले मात्र गरेर यो सम्भव हुन्छ जस्तो लाग्दैन । मैले मेरो अघिल्लो पुस्तकपनिप्रकाशनकालागिचलचित्रविकास बोर्ड धाएँ । तर ठोस उपलब्धि नभएपछि आफैँप्रकाशन गर्न कस्सिएको हुँ,’उनको भनाइथियो । कार्यक्रममा लेखक मार्क ट्राभिसले पनिमोहन राईलाई अनुवादकालागि भिडियो सन्देशमार्फत् शुभकामनादिएकाथिए ।

Leave a Reply