श्रमजीवी चलचित्र पत्रकारका लागि चलचित्र पत्रकार संघद्वारा राहत घोषणा

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड-१९को जोखिमबाट बच्न नेपाल सरकारले घोषणा गरेको लकडाउन आज १२ दिन पुगिसकेको छ । कोरोनाको त्रासले गरिएको ‘लकडाउन’ले सबै नेपालीहरुको जीवन अस्तव्यस्त बनेको छ । ‘लकडाउन’ गरेपछि नेपाली चलचित्रका हरेक गतिविधि ठप्प भएका छन् ।

यसैक्रममा चलचित्र पत्रकार संघ, नेपालले श्रमजीवी चलचित्र पत्रकारका लागि राहत वितरण गर्ने भएको छ । शनिबार अनलाईन मार्फत बोलाइएको बैठकले कोरोना भाइरस ‘कोभिड-१९’का कारण समस्यामा परेका आफ्ना सदस्यहरुलाई संघले राहत बाड्ने निधो गरेको हो । “हामी हाम्रो लागि” भन्ने अभियानको रुपमा लिइएको राहत वितरण कार्यक्रमले समस्यामा परेका श्रमजीवी चलचित्र पत्रकारको लकडाउन जीवन केहि हदसम्म सहज हुने आशा लिइएको छ । समस्यामा परेका पत्रकारले संस्थाका पदाधिकारीहरुसँगको सम्पर्कमा राहत प्राप्त गर्न सकिने महासचिव समीर बलामीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply