‘परस्त्री’ टिमलाई मुम्बईमा सम्मान तथा सत्कार

सुरज पाण्डेको डेब्यु निर्देशकिय चलचित्र ‘परस्त्री’को अहिले प्रचार-प्रसारको काम व्यापक भैरहेको छ । चलचित्रको निर्माण टिम अहिले चलचित्रको प्रचार र भारतमा रिलिजको लागि मुम्बईमा छ ।

निर्मात्री शर्मिला पाण्डे र निर्देशक सुरज पाण्डे कलाकारसहितको टिम लिएर अहिले मुम्बईमा विभिन्न मिडिया र भारतमा रहेका नेपालीमाझ चलचित्रको प्रचार गरिरहेका छन् । आइतबार निर्माण टिमको मुम्बईमा संयुक्त नेपाली महासंघ मुम्बई भारतले परस्त्री निर्माण टिमलाई एक कार्यक्रमका बीच सम्मान तथा सत्कार गरेको छ ।

आइतबार नै सिनेमाको निर्माण टिमले मुम्बईमा पत्रकार सम्मेलन गर्दै सिनेमाको कथावस्तु र भारत प्रदर्शनको उद्देश्य बारेमा अन्र्तक्रिया समेत गरेको थियो । सिनेमाले विवाहोत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथाबस्तुमा निर्माण भएको सिनेमाको निरज कँडेल छायांकन गरेका हन् ।

सिनेमामा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय रहेको छ । सिनेमामा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन् । खनाल सिनेमाका लेखकसमेत हुन् । सिनेमालाई जिजिए ग्रुप र डिसिएनले वितरण गर्दैछन् ।

Leave a Reply