प्राय चलचित्रहरू चाडपर्व लक्षित हुन्छन् । विदाको समयमा प्रदर्शन गर्न तछाडमछाड गर्ने फिल्मकर्मी अन्य समयमा भने मौन हुने गरेका छन् । विदापछिको समय त झनै फिल्मकर्मीले प्रदर्शन तय गरेको पाइदैन । तिहारसकिए लगतै चुनाव र विश्वकप फुटवलसँगै विदेशी ठुला फिल्मको भिडभाड देखेपछि प्राय चलचित्रहरू माघ पश्चात मात्र रिलिज हुदैछन् । अझै फागुनमा नेपाली चलचित्रहरू एकआपसमा भिड्दै छन् ।
यद्दपि भाइटिकाको भोलिपल्ट रिलिज भएको चलचित्र‘महापुरूष’ चौथो सातामा सफलताका साथ प्रदर्शन भइरहेको छ । चलचित्रले पाएको अधिकाँस शोहरू हाउसफुल भइरहेका छन् । दिवा तथा रात्री शोहरूमा शतप्रतिशत अकुपेन्सी पाइरहेको चलचित्रको शोमा समेत कटौती भएको छैन । दर्शकको छाप यथावत रहेकै कारण मल्टिप्लेक्समा चलचित्रको शो घट्न पाएको छैन ।
चुनावी माहोल र विश्वकप फुटवलसँगै जाडोले व्यापारमा असर गर्ने अनुमान गरिएता पनि ‘महापुरूष’ ले गरेको आटले नै सफलता दिलाईरहेको छ । मल्टिप्लेक्स चेन क्युएफएक्सले मात्रै देशभरका आफ्ना आउटलेटमा १८ शो पाएको छ । क्युएफएक्स अन्तर्गत दरबार सिनेम्याक्समा १ शो, भक्तपुरमा रहेको क्युएफएक्समा ३ शो, लबिम मलमा ३ शो, सिभिल मलमा ३ शो, ठमेलमा रहेको छायाँ सेन्टरमा १ शो दिएको छ । क्युएफएक्सकै मोफसल अन्तर्गत नेपालगन्जमा १ शो, वुटवलमा १ शो, नारायणघाटमा रहेको जलमामा ३ शो, विराटनगरमा १ शो, विर्तामोडमा १ शो दिएको छ ।
काठमाडौंमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा २ शो, जमलमा रहेको विश्वज्योति सिनेप्लेक्समा ३ शो, दरबारमार्ग स्थित राइजिङ मलमा रहेको क्युज सिनेमाजमा १ शो, गोंगबुमा रहेको बिएसआर मुभिजमा २ शो, किर्तिपुर सिनेप्लेक्समा १ शो, न्युरोडमा रहेको रन्जना सिनेप्लेक्समा ४ शो, सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफमा १ शो र चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा ४ शो रहेको छ । बानेश्वरमा रहेको वान सिनेमाजमा २ शो र कालिमाटीमा ३ शो दिएको छ । यस्तै, आइएनआइ सिनेमाज अन्तर्गत लोत्से मलमा २ शो र बुटवलमा रहेको आइएनआइमा २ शो दिएको छ ।
चलचित्रले अमेरिकामा प्रदर्शनको किर्तिमान बनाईसकेको छ । चलचित्र चौथो सातामा डलासमा समेत हाउसफुल छ । यस्तै, अष्ट्रेलियामा सफलताका साथ प्रदर्शन भइरहेको चलचित्र युरोपमा यहिँ नोभेम्बरबाट र युएईमा डिसेम्बर १ बाट प्रदर्शन हुँदैछ । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराईली मुख्य भूमिकामा रहेका छन् ।
चलचित्रमा एक्लोपनको कथा देखाइएको छ । आदर्शनगरमा बसोबस गर्ने अवकासप्राप्त शिक्षक मार्फत पिता र एलकपुरुषसँगै एक्लोपनकथा चलचित्रमा देखाइएको छ । भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अष्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरल रुपमा प्रस्तुत गरिएको छ । षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित चलचित्रमा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् ।
षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा चलचित्र निर्माण गरेको छ । चलचित्रमा दीपक बज्राचार्यको छायांकन, मित्र डी. गुरुङको सम्पादन रहेको छ। यही चलचित्रबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा चलचित्रमा डेब्यु गरेका छन् । चलचित्रको पार्श्व ध्वनिमा रोहित शाक्य / शैलेश श्रेष्ठ, ध्वनि संयोजनमा अमित श्रेष्ठ, रंग संयोजनमा कपिल पराजुली, मिडिया कसल्टेन दिनेश सिटौला फिल्म्स, पब्लिसिटी डिजाइन ट्राइडेन्ट, सहायक निर्देशक शान्तिम कोइराला र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन्।