जीवनको पहिलो कार किनेका प्रकाश लेख्छन् –‘कलाकार मात्रै भएर पनि कार चढ्न सकिन्छ है’

गायक प्रकाश सपूतले नयाँ कार किनेका छन् । आफ्नो जीवनको पहिलो गाडी किनेपछि प्रकाशले सामाजिक संजालमा लेखेका छन्–‘सपना, संघर्ष, सिर्जना, सफलता मेरो ! साथ, सहयोग, शुभेच्छा तपाईहरुको । सपना देख्नेहरुलाई प्रेरणा हुनसक्छ । कलाकार मात्रै भएर पनि कार चढ्न सकिन्छ है ।’ प्रकाशले लक्ष्मी हुन्डाइको सेतो रंगको ‘क्रेटा’ कार किनेका हुन् र उक्त कारको मूल्य ४९ लाख रहेको बताइएको छ । नेपाली सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाएका गायक प्रकाश सपूतले २ बर्ष अगाडि काठमाडौंमा घर किनेका थिए । ‘दोहोरी ब्याटल’, ‘बोल माया’, ‘गलबन्दी’, ‘बदला बरिलै’, ‘मेरो पनि होइन र यो देश ?’लगायतका लोकप्रिय गीतका गायक प्रकाश लोकदोहोरीमा चलेका कलाकार हुन् । उनी ‘परदेशी २’ चलचित्रमार्फत अभिनेताका रुपमा पनि डेब्यु गर्दैछन् ।

Leave a Reply