चलचित्र निर्माता संघको कार्यसमिति सदस्यमा दीपकराज र रविन्द्र मनोनित

निर्माता तथा अभिनेताद्वय दीपकराज गिरी र रविन्द्रसिंह बानियाँलाई नेपाल चलचित्र निर्माता संघले कार्यसमिति सदस्यमा मनोनित गरेको छ । मंगलबार बसेको कार्यसमिति बैठकले गिरी र बानियाँलाई संघको कार्यसमिति सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो ।

यसैगरी बैठकले संघका उपाध्यक्ष उदय सुब्बालाई वरिष्ठ उपाध्यक्षमा पदोन्नति गर्ने निर्णय समेत गरेको छ । संघले भर्खरै सम्पन्न निर्वाचनमा प्यूठानबाट प्रदेशसभा सदस्यमा निर्वाचित फिल्म निर्माता रोज राणा र धादिङबाट प्रदेशसभामा निर्वाचित अर्का निर्माता मधुकुमार श्रेष्ठलाई बधाई ज्ञापन गर्ने भएको छ । चलचित्र निर्माता संघ नेपाली फिल्म निर्माताहरुको छाता संस्था हो ।

Leave a Reply