‘साङ्लो’को गीत सार्वजनिक, विराज र निकिताको केमेस्ट्री

‘एक्सन स्टार’ विराज भट्टको डेब्यू निर्देशनमा बनेको चलचित्र ‘साङ्लो’ को पहिलो गीत सार्वजनिक भएको छ । राजनराज सिवाकोटी र मिलन नेवारको स्वर रहेको यो गीतमा राजनकै शब्द तथा संगीत छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा विराजसँग पूर्व मिस नेपाल निकिता चाण्डकले ठुम्का लगाएकी छन् ।

लोक शैलीमा तयार पारिएको गीतको अडियो र भिडियो दुबै राम्रो छ । यो गीतलाई दर्शकले मन पराउने आशा निर्माणपक्षको छ । भिडियोको लागि निर्माण टिमले राम्रै मिहिनेत गरेको छ । निकिताको ‘साङ्लो’ डेब्यू चलचित्र भएका कारण धेरैमा उनको अभिनय कस्तो होला भन्ने कौतुहलता छ । गीतमा उनको एक्सप्रेसन र हाउभाउले फिल्ममा पनि राम्रो अभिनय गरेको हुनसक्ने अनुमान गर्न सकिन्छ ।

चलचित्रमा जयनन्द लामा, कामेश्वर चौरासिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला लगायतका कलाकारको पनि अभिनय छ । मानकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा प्रकाश शाह नेगेटिभ रोलमा छन् ।

एक्सन लभस्टोरी जनरामा निर्माण भएको चलचित्रमा अर्जुन जिसीको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व रहेको छ भने चलचित्रको कथा शिवम अधिकारीले लेखेका हुन् । चलचित्र आगामी माघ २४ गते देखि सार्वजनिक प्रदर्शनमा आउने छ ।

Leave a Reply