जनता रोगबाट भन्दा पनि भोकबाट बढी मरलान भन्ने पो अवस्था भो त:निर्देशक सत्यराज(फिल्म सहित)

लकडाउनको समयमा छोटो चलचित्रको निर्माण बढेको छ ।  कम समय लिने र दर्शकलाई मनोरञ्जनका साथमा सन्देश दिन सकिने छोटा चलचित्र अहिले पनि निर्माण भइरहेका छन् । कोरोना सम्बन्धी र यसले निम्त्याएको समस्यालाई समेट्दै नयाँ नयाँ छोटा चलचित्र निर्माण हुने क्रम जारी छ । यसैबिच सत्यराज चौलागाईंको निर्देशनमा लकडाउनको पीडा बोकेको छोटो चलचित्र ‘मेरो कथा’ सार्वजनिक भएको छ । एस आर सी फिल्म्सको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको यस चलचित्रमा लकडाउनमा जनता रोगले भन्दा पहिले भोकले मर्ने अवस्था बढेको यथार्थ प्रस्तुत गरिएको छ र निर्देशक सत्यराज पनि यो अवस्था बढेको र सरकारले नबुझेको बताउछन् । सर्ट फिल्म समय सान्दर्भिक रहेको छ ।

‘मेरो कथा’ मा प्रकाश बराइली,यज्ञ प्रसाद चौलागाईं, सबी बज्राचार्य र शर्मिला चौलागाईंको अभिनय रहेको छ ।सर्ट फिल्मको सोच निर्देशक चौलागाईंको रहेको छ भने खिचेका पनि उनले नै  हुन् । चलचित्रको सम्पादन प्रकाश बराइलीले गरेका हुन् र चलचित्रको  निर्मात्री सबी बज्राचार्य हुन् । सरकारले जनतालाई रोगको साथै भोगबाट पनि बचाउने प्याकेज निकाल्न पर्ने कुरामा चलचित्रले ध्यानाकर्षण गरेको छ । हेर्नुहोस् शर्ट फिल्म ‘मेरो कथा’ यूट्युब मार्फत :

Leave a Reply