अल्मोडा,दयाहाङ र वर्षाको नयाँ गीत ‘ज्यानले तिम्लाई’ सार्वजनिक(भिडियो)

चर्चित गायक अल्मोडा राणा उप्रेतीको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । ‘ज्यानले तिम्लाई ’ बोलको गीत बिहिबार युट्युबमा सार्वजनिक गरिएको हो । रोशनी खड्का प्याखुरेलको शब्द रहेको यो गीतमा अलमोडाले नै सङ्गीत भरेका छन् । म्युजिक भिडियोमा गायक अल्मोडा राणा ,अभिनेत्री वर्षा शिवाकोटी र अभिनेता दयाहाङ राई फिचर्ड छन् । वर्षा र दयाहाङको केमेस्ट्री निकै राम्रो देखिएको छ ।

चलचित्रकै शैलीमा प्रस्तुत गरिएको यो म्युजिक भिडियोमा कलाकार बुद्धि तामाङले वाचन गरेका छन् भने पवन सुस्लिङले छायांकन गरेका छन् । प्रेम भाव बोकेको यो म्युजिक भिडियोलाई रन्जित बल्ल्भ उप्रेतीले निर्देशन गरेका हुन् । गीतको अडियो तथा भिडियो दुवै निकै राम्रो बनेको छ । भिडियो हेर्नुहोस् :

Leave a Reply