पूजा र पुष्पको जोडी म्युजिक भिडियोमा!(भिडियो)

नायिका पुजा शर्मा र नायक पुष्प खड्काको पहिलो सहकार्य रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘सरर’ बोलको दशैँ तिहार गीतमा गायिका रानी शाक्यले स्वर भरेकी छिन् । राजेश शाक्यको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत छ ।

यो गीतको भिडियोमा पुजा र पुष्पले अभिनय गरेका छन् । ज्ञानेन्द्र शर्माको छायांकन, विजयराज भुर्तेलको सम्पादन रहेको गीतमा देव धिमालको निर्देशन छ । भिडियोलाई गायिका रानी शाक्यकै आधिकारिक युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ ।

नायिका पूजा शर्मा र नायक पुष्प खड्काले चलचित्र ‘अझै पनि’मा एकसाथ काम गरेका थिए तर यो चलचित्रमा एकसाथ काम गरेपनि यी दुइले पर्दामा रोमान्स भने गरेका थिएनन् । चलचित्रमा पूजाले कलाकार सुदर्शन थापासँग जोडी बाँधेकी थिइन् ।

पुष्प भने सुदर्शनको साथीको रुपमा देखिएका थिए । यो चलचित्रमा एकसाथ काम गरेपछि पूजा र पुष्पले चलचित्रमा सहकार्य गरेका छैनन् । यतिमात्र होइन, यी दुई म्युजिक भिडियोमा समेत सर्वाधिक व्यस्त हुँदा पनि एकसाथ काम गरेका छैनन् । नेपाली चलचित्र होस् या म्युजिक भिडियोमा, सर्वाधिक व्यस्त रहने पूजा र पुष्प एकसाथ चलचित्र पर्दामा भने कहिले देखिने हो, त्यो भने प्रतिक्षाको विषय रहेको छ ?

नेपालीहरूको महान् पर्व दशैँ नजिकिएसँगै यससँग सम्बन्धित गीतहरू रिलिज हुने क्रम बढेको छ । यस्तैमा पछिल्लो समय गीत गायनमा निकै सक्रियताका साथ लागिरहेकी गायिका रानी शाक्यले दशैँ, तिहार गीत ‘सरर’ सार्वजनिक गरेकी हुन् । नेपालका महत्वपुर्ण चाडपर्वमा गीतसंगीत सार्वजनिक गर्ने क्रम नयाँ होइन ।

गीतलाई संसारभरका विभिन्न डिजिटल प्लेटफर्महरूबाट पनि सँगै रिलिज गरिएको छ । रानी शाक्यको पछिल्लो समयमा धेरै गीतहरू चर्चित रहेका छन्। हाल अमेरिकाको मेरिल्याण्डमा रहेकी गायिका शाक्यको अहिलेसम्म ५ दर्जनभन्दा बढी गीतहरू आइसकेका छन् । उनले आधुनिक, डान्सिङ गीत, लभ भर्सनका गीतहरूको साथै चलचित्रको पार्श्व गायनमा समेत आफूलाई अब्बल साबित गराइसकेकी छिन् ।

गीत हेर्नुहोस्-

Leave a Reply