पल शाहले साइन गरे नयाँ चलचित्र

अभिनेता पल शाहले नयाँ चलचित्र साइन गरेका छन् । उनले बिहिबार करण सिंहको निर्माणमा बन्न लागेको नयाँ चलचित्रका लागि लिखित सम्झौता गरेका हुन् ।

चलचित्रका लागि नायिका र अन्य कलाकार तथा प्राविधिक टोलीको छनोट कार्य भइरहेको बताईएको छ । आउँदो माघ अन्तिमबाट छायांकनमा निस्कने चलचित्रको डिजिटल राइट्स डिआर मुभिजले महंगो रकम तिरेर खरिद गरेको छ । चलचित्रको नाम केही दिनमा एक कार्यक्रमका बीच सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ । चलचित्र लभस्टोरी कथामा आधारित हुनेछ ।

पल यही मंसिर दोस्रो साताबाट चलचित्र ‘सत्यम्’ को छायांकनमा व्यस्त हुँदैछन् । यसपछि उनले चलचित्र ‘हुतुतु’ लाई समय दिएको बताईएको छ । उनी अभिनीत फिल्म ‘म यस्तो गाीत गाउँछु २’ माघ १९ गतेबाट प्रदर्शनमा आउँदैछ ।

Leave a Reply