सज्जाको ‘आँखैमा लाउने गाजलु’ मा विना र सरोजको जोडी

सज्जा चौलागाईंको स्वरमा रहेको गीत ‘आँखैमा लाउने गाजलु…’ सार्वजनिक भएको छ । चौलागाईंको पहिलो एल्बम ‘भिक्टोरी’ मा रहेको यो गीतको भिडियो साइराम पिक्चर्स युटुब च्यानलमार्फत् ल्याइएको छ ।

रामकृष्ण महराको शब्द, शंकर थापा स्माइलको संगीत, सञ्जीव सुब्बाको एरेन्ज रहेको गीतमा अशोक महर्जनको मिक्सिङ तथा मास्टरिङ रहेको छ । जीवन शाहीको निर्देशन तथा राहुल बराइलीको कोरियोग्राफी रहेको गीतको भिडियोमा विना राउत र सरोज प्रजाको अभिनय छ । भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन र ओरिन्ट बिसुन्खेको रंग सम्पादन छ ।
तस्वीर/सुरेन्द्र थापा

Leave a Reply