‘द भ्वाइस किड्स’ कात्तिक २६ गतेबाट प्रसारण हुने

‘द भ्वाइस किड्स’ कार्तिक २६ गतेबाट प्रशारण हुने भएको छ । यो शो हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट हिमालय टीभी एचडीमा प्रशारण हुनेछ ।

विश्वको चर्चित रियालिटी शोको रुपमा स्थापित ‘द भ्वाइस किड्स नेपाल’मा ६ देखि १४ वर्ष उमेरभित्रका बालबालिका सहभागी छन् । विश्वका ११३ देशमा सञ्चालन भइरहेको फ्रेन्चाइज रियालिटी शो ‘द भ्वाइस किड्स’ अब नेपालमा पनि भित्रिएको हो।

‘द भ्वाइस किड्स’को मुख्य कोचमा राजु लामा, प्रमोद खरेल, मिलन नेवार र प्रविशा अधिकारी छन् । डिजिटल अडिसनमा १० हजार भन्दा बढी बालबालिका सहभागी भएको थिए र यो शोको ‘ब्लाइन्ड अडिसन’को छायांकन भैसकेको छ । यो शो २० भाग प्रशारण हुनेछ ।

यो शोको टाइटल स्पोन्सर अमृत तेल रहेको छ । यस्तै, हाइजिन पार्टनरमा ‘लाइफबोय र डाबर रेड पेष्ट’, को स्पोन्सरमा लिटमस केबल्स र बत्सल्य न्याचुरल, फ्लोरिङ्ग पार्टनरमा जेन्सा कार्पेट र भोटिङ पार्टनरमा खल्ती आवद्ध छ । यस्तै, यसको मार्केटिङ पार्टनर एड प्याड मिडिया मार्केटिङ रहेको छ ।

‘द भ्वाइस किड्स’ लाई ‘द भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलले नै निर्देशन गर्नेछन् । ‘द भ्वाइस अफ नेपाल’को तेश्रो सिजनसम्म सम्पन्न भइसकेको छ । कोरोना महामारिबिच सुरु भएको शो ‘द भ्वाइस अफ नेपाल ३’ निकै लोकप्रिय बनेको थियो । यसकारण शोका धेरै एपिसोडहरु युट्युबको ट्रेन्डिङमा समेत परेका थिए।

Leave a Reply