प्रकाश दूतराज लेख्छन्-‘ म केही छिन् हराउँनु म मर्नु हैन नि !’

गायक प्रकाश दूतराजले अस्ट्रेलियामा आत्महत्याको प्रयास गरेको बारे सार्वजनिक भएका समाचारलाई खण्डन गरेका छन् । अहिले गायक दूतराज सांगीतिक कार्यक्रममा अष्ट्रेलियामा रहेका छन् ।

दूतराजले आज सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘धेरै समाचारहरु हेरे, पढे अलिक अप्ठ्यारो असजिलो महसूस गरे । म केहि छिन हराउँनु म मर्नु हैन नि ! बोली मधुरो पार्दै आमाले फोन गर्नु भएको थियो, सानो दुखले जन्माएको हुर्काएको होईनौ नि तिमीहरुलाई . .’ गलत बुझाई तथा सुचनाको आधारमा प्रकाशित समाचारहरुले उनलाई माया गर्नु हुने सदा आशीर्वाद दिनुहुने सबै सबैमा पर्न गएको असर प्रति क्षमा माग्दै उनले अन्तिममा लेखेका छन्, माया गर्नेहरुको आशुले सराप्छ । कसरी मार्न सक्थे र यो शरीरलाई ।’

आफू कहिलेकाँही त्यतिकै हराइदिने गरेको, कहिले अँध्यारो बन्द कोठाभित्र घण्टौंसम्म आफैंलाई थुनिदिने गरेको पनि उनले बताएका छन् । उनले अगाडि लेखेका छन्,‘हजारौं कोशिश गर्दा पनि यो स्वभाव फेरिन सकेको छैन । यसलाई रोग भनु या मेरो विशेषता । यहि कारण पनि म आफुले आफैलाई दुखि बनाउँछु । ’ सांगीतिक कार्यक्रमको लागि अष्ट्रेलियाको ब्रिसबेन पुगेका उनले आफू बसेको होटलमै झुण्डिने प्रयास गरेको समाचार आएका हुन् ।

‘हजारौं कोसिस गर्दा पनि यो स्वभाव फेरिन सकेको छैन,’

उनले गलत बुझाई तथा सूचनाको आधारमा प्रकाशित समाचारहरूले पर्न गएको असर प्रति माफी पनि मागेका छन् ।

एकाबिहानै लेखेका छन्, ‘ म केही छिन् हराउँनु म मर्नु हैन नि !’

Leave a Reply