‘ए मेरो हजुर ४’को ट्रेलरमा अनमोल र सुहानाको प्रेम र विछोड

अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र ‘ए मेरो हजुर ४’को ट्रेलर सार्वजनिक भएको छ । प्रेम, रोमान्स, विछोड र कमेडीले भरिएको ट्रेलरमा अनमोल र सुहानाको प्रेम र विछोड देखाउन खोजिएको छ ।

सुनिल कुमार थापा प्रोडक्शनको ब्यानरमा बनेको यो चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् । बैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ‘ए मेरो हजुर ४’ मा अनमोल र सुहाना संगै सलोन बस्नेत, दुर्गेश थापा,सुशान्त खत्रीको पनि मुख्य भूमिका रहेको छ । चलचित्रमा बसन्त सापकोटा, आशिष अविरल, प्रतिक पौडेल, कल्याण सिंहको संगीत, संजय लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको एक्सन, मित्र डी गुरुङको सम्पादन छ ।

‘ए मेरो हजुर ३’बाट निकै रुचाइएको अनमोल र सुहानाको यस चलचित्र निकै प्रतीक्षित बनेको छ । अनमोल र सुहानाले अभिनय गरेको ‘ए मेरो हजुर ३’ बक्सअफिसमा सुपरहिट सावित भएको थियो । यहि चलचित्रबाट डेब्यु गरेकी सुहानाको अभिनयलाई दर्शक र समिक्षकले रुचाएका थिए ।

Leave a Reply