‘ए मेरो हजुर ४’को छायांकन युरोपमा नहुने

अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको प्रमुख भूमिका रहने चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन युरोपमा नहुने भएको छ । चलचित्रको पोखरा, काठमाण्डौपछि छायांकन युरोपमा गर्ने तयारी निर्माणपक्ष थियो । तर, विश्व बजारमा कोरोनाको सन्त्रास बढेपछि यसको छायांकन युरोपमा नहुने भएको छ । अहिले यो चलचित्रको नेपालमा छायांकन पनि रोकिएको छ । युरोपको नेदरल्याण्डमा फुल फुल्ने मौसममा चलचित्रको छायांकन गर्ने योजनामा यसको निर्माणपक्ष थियो । एक महिनापछि युरोप पुगेर चलचित्रको छायांकन गर्ने तयारीमा रहेकी निर्देशक झरना थापा अब नेपालकै रमणीय स्थानमा चलचित्रको छायांकन गर्ने तयारीमा छिन् ।

सुनिल कुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको ‘ए मेरो हजुर ४’ अर्को वर्ष (२०७७) को दशैंको फूलपातीमा प्रदर्शनमा आउँदैछ । चलचित्रमा अनमोल र सुहानासँगै सलोन बस्नेत, सरोज खनाललगायतका कलाकारहरुको अभिनय छ । चलचित्रमा अभिनेता अनमोलले पालेको कुकुर कोकोको पनि अभिनय रहेको छ । सञ्जय लामाले चलचित्र खिच्ने जिम्मेवारी पाएका छन् । ‘ए मेरो हजुर ३’बाट निकै रुचाइएको अनमोल र सुहानाको यस चलचित्र निकै प्रतीक्षित बनेको छ । अनमोल र सुहानाले अभिनय गरेको ‘ए मेरो हजुर ३’ बक्सअफिसमा सुपरहिट सावित भएको थियो । यहि चलचित्रबाट डेब्यु गरेकी सुहानाको अभिनयलाई दर्शक र समिक्षकले रुचाएका थिए ।

Leave a Reply