राजेश हमालबारेको अभिव्यक्तिप्रति दीपाश्रीको स्पष्टीकरण,हमालको फ्यानहरूसंग मागिन् माफी

पछिल्लो समय कलाकारहरु आफ्नै अभिव्यक्तिका कारण विवादमा पर्दै आएका छन् । यसै क्रममा केहि दिन अगाडि एक टेलिभिजन अन्तर्वातामा आफूले दिएको अभिव्यक्तिका कारण कलाकार दीपाश्री निरौला पनि विवादमा परिन् । दीपाश्री अहिले ट्रोलको शिकार भइरहेकी छिन् । उनले अन्तर्वार्तामा राजेश हमाल महानायक हो र ? भन्दै प्रश्न गरेपछि उनको त्यो अभिव्यक्तिको भिडियोको अंश अहिले भाइरल भइरहेको छ । राजेश हमालका फ्यानहरु दीपाश्री निरौलामाथि आक्रोशित भएका छन् । विवादित बन्न पुगेपछि कलाकार तथा निर्देशक दीपाश्री निरौलाले सामाजिक सञ्जाल मार्फत माफी मागेकी छिन् । दीपाश्री निरौलाले नायक राजेश हमालका फ्यानसँग पनि माफी मागेकी छिन् । उनले, राजेश हमाललाई सुपरस्टार नै होइनन् भन्ने हैसियत आफ्नो नभएको पनि बताएकी छिन् ।

सामाजिक संजाल फेसबुकमा लामो स्टाटस लेख्दै दीपाश्रीले भनेकी छिन्–‘मैले चलचित्र क्षेत्रको महानायक भएपछि चलचित्र क्षेत्रमा परेको बिषय परिस्थितीमा एउटा अभिभावकको भूमिका निर्वाह गरेर आफूलाई बर्षौदेखि सहयोग गरेका प्राविधिकहरुलाई परेको पिर मर्कामा सहयोगी किन हुन सक्नु भएन भन्ने आशले बोलेकी हुँ ।’ दीपाले आफू महिला कलाकार भएकाले केही व्यक्तिहरुबाट आएको सुन्नै नसकिने गालीलाई सामान्य रुपमा लिएको पनि बताएकी छिन् । दीपाश्रीले भनेकी छिन्– म त कलाकार हूँ, हामिले सहनू नै पर्छ .. एउटा प्रश्न चाहि उब्जिएको छ मनमा , घरमा तपाइका दिदि बहिनीले पनि यस्तै एउटा भूल गर्दा यसै गरेर अपशब्द प्रयोग गरेर गालि गर्नु हुन्छ ? अब मलाइ साच्चिकै माया गर्ने , मेरो त्रुटिमा मन दुखाउने र सूझाबहरू दिने आदरणिय महानुभावहरू प्रति त म सधै झै नतमस्तक छू । मेरो कारणले मन दुखेंको होला क्षमा चाहन्छू है?

पढ्नुहोस् दीपाश्री निरौलाले लेख्नुभएको पुरा स्टाटस : 

 

Leave a Reply