गायकबाट नायक बन्दै नितेशजंग, अदितीसंग जोडी बाँधिने

‘कृ’ रिलिजको लामो समय पश्चात निर्देशक तथा सम्पादक सुरेन्द्र पौडेल नयाँ चलचित्र निर्देशनको तयारीमा रहेका छन् । उनले चलचित्रका लागी पछिल्लो समयका चर्चित गायक नितेशजंग कुँवर र अदिती बुढाथोकीलाई अभिनय गराउँदैछन् । सुरेन्द्रले अदितीलाई नै लिएर ‘कृ’ बनाएका थिए ।

नितेशले यसअघि पनि चलचित्रमा खेल्ने इच्छा व्यक्त गर्दै आएका थिए । उनले रामबाबु गुरुङसँग सहकार्य गर्ने चर्चा भएको थियो तर त्यसको चाँजोपाँजो मिलेन । यहीबीच पौडेलको प्रस्तावलाई नितेशले स्वीकारेका हुन् । अदिती अहिले मुम्बईमा छिन् चलचित्रका लागि उनी छिट्टै नेपाल आउने तयारीमा छिन् ।

मूख्य कलाकार तय भएपनि चलचित्र युनिटले गुपचुप राख्न चाहेको छ । चलचित्रको सम्पूर्ण छाँयाकन सिक्किममा हुनेछ । चलचित्र निर्माण युनिटले केही समय अगाडी त्यहाँ पुगेर लोकेसन समेत हेरिसकेको छ । सम्पादकबाट निर्देशक बनेका सुरेन्द्रको पहिलो चलचित्र ‘आभाष’ हो ।

Leave a Reply