‘मायाको माया’ मा अनुप र आनाको जोडी

अभिनेता अनुपविक्रम शाही र अभिनेत्री आना शर्मा पहिलोपटक एकसाथ ठुलो पर्दामा देखिँदै छन्। चलचित्र ‘मायाको माया’मा आना र अनुप अनस्क्रिन जोडीको रुपमा देखिने पक्का भएको हो ।
फ्यामिली ड्रामा जनरामा निर्माण हुने बताईएको चलचित्रको गत मंगलबार ललितपुरको खोकनास्थित कार्यविनायक मन्दिरमा मुहूर्त गरिएको थियो । मुहूर्तमा चलचित्रका कलाकार, निर्माता, निर्देशक र प्राविधिक उपस्थित थिए । आना र अनुपको मुख्य भूमिका रहने चलचित्रमा रोहितकरण वैद्यको निर्देशन रहने छ ।

Leave a Reply