नेपालमा छायांकन भएको बलिउड चलचित्र ‘उचाइँ’को फर्स्टलुक पोस्टर सार्वजनिक

नेपालमा छायांकन भएको बलिउडको चलचित्र ‘उचाइँ’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । आगामी ११ नोभेम्बर २०२२ अर्थात् कात्तिक २५ गतेलाई प्रदर्शन हुने चलचित्रको फर्स्टलुक पोस्टरमा चलचित्रका तीन पात्रले हिमाल आरोहण गरिरहेको देख्न सकिन्छ।

सूरज बडजात्या निर्देशित मल्टीस्टारर ‘उचाइँ’को २०७८ सालको कात्तिकमा करीब २५ दिन नेपालको खोटाङको नाम्चेदेखि लुक्ला,बेसीसहर,काठमाडौं र विभिन्न क्षेत्रमा छायांकन भएको थियो । यो अवधिमा निर्माण टिमले करीब २० करोड नेपालमा खर्च गरेको थियो । चलचित्रले मित्रताको कथा भन्ने छ ।

चलचित्रको छायांकनका लागि भारतीय कलाकारहरु अनुपम खेर, बोमन इरानी, परिणीति चोपडा, सारिका हसन लगायत नेपाल आएका थिए । चलचित्रमा अमिताभ बच्चनको पनि अभिनय रहेको छ । तर, उनी भने स्वास्थ्य अवस्थाका कारण नेपाल आउन सकेनन् । नेपालमा उनको भागको छायांकनका लागि डुब्लिकेटको प्रयोग गरिएको थियो ।

चलचित्रमा नेपाली कलाकारहरु परमिता आरएल राणा, सरोज लामिछाने, डम्बर बोहरा, उरुशा जोशी, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, निरज मुक्तान, नारायण विश्वकर्मा, आयुश सुवेदी, स्नेहा अधिकारी, सरोज प्रजु लगायतको पनि अभिनय छ । चलचित्रको नेपाल व्यवस्थापन थ्री ह्विलर्स कम्पनी हेरेको छ ।

Leave a Reply