नायिका श्वेता खड्काको ८६ लाख रुपैयाँ फिर्ता नगर्ने व्यवसायी पक्राउ

नायिका श्वेता खड्कासँग पैसा लिएर फिर्ता नगर्ने एक व्यवसायी पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनका काजी गुरुङ हुन् । ८६ लाख रुपैयाँ ऋण लिएर फिर्ता नगरेको भन्दै गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले हाल ती युवक माथि अनुसन्धान गरिरहेको छ । खड्काले केही दिन अघि प्रहरीमा गुरुङलाई चेक बाउन्सको मुद्दा हालेकी थिइन् । सोही उजुरी परेकै कारण प्रहरीले आरोपी गुरुङलाई नियन्त्रणमा लिएको हो । गुरुङले पैसा फिर्ता गर्ने नाममा बैंकमा पैसा नै नभएको चेक दिएका श्वेतालाई दिएका थिए । उनलाई काठमाडौं प्रहरी परिसरको टोलीले एक हप्ताअघि पक्राउ गरेर अनुसन्धान जारी राखेको छ । प्रहरीका अनुसार गुरुङ घरजग्गा व्यवसायी हुन् ।

स्वेता खड्का नायिका मात्र नभएर व्यवसायी समेत हुन् । उनले धेरै प्रकारका व्यवसाय सञ्चालन गरिरहेकी छन् । स्वेता पछिल्लो समय चलचित्रसँगै विभिन्न व्यवसायमा आवद्ध छिन् । नायिका स्वेता खड्का चलचित्र ‘कहाँ भेटिएला’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । तर, बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको वि.सं २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा निधन भएको थियो । यसपछि, स्वेताले चलचित्र ‘कान्छी’ निर्माण गरिन् ।

अभिनेत्री, सामाजिक अभियन्ता तथा उद्यमी खड्का माछापुच्छ्रे बैंक लिमिटेडल ब्रान्ड एम्बासडर पनि हुन् । श्वेता केही समय अगाडी दोस्रोपटक धनगढीका विजयेन्द्रसिंह राउतसँग वैवाहिक जीवनमा बाँधिएकी थिइन् ।श्रीकृष्णसँग वैवाहिक जीवनमा बाँधिएको एक महिनामा श्रीमान् श्रीकृष्ण श्रेष्ठको निधन भएपछि विक्षिप्त भएकी श्वेतालाई सामान्य जीवनमा फर्किन लामो समय लागेको थियो । नेपाली फिल्मी क्षेत्रमा भने उनि धेरै लामो समय पछि फर्किएकि हुन् भने तीन वर्ष फिल्म अभिनयबाट टाढा रहेकी थिइन् ।

Leave a Reply