दयाहाङ र मिरुनाको ‘जारी’ अप्रिल १६ बाट अष्ट्रेलियामा पनि प्रदर्शन हुने

आगामी वैशाख १ गते प्रदर्शन हुने चलचित्र ‘जारी’ अष्ट्रेलियामा पनि प्रदर्शन हुने निश्चित भएको छ । चलचित्र ‘जारी’ अप्रिल १६ र १७ तारेख सिड्नीको अर्बनमा रहेको रिडिंग चलचित्र हलमा प्रदर्शन हुने भएको छ । यसै गरी यो चलचित्र अष्ट्रेलियाको राजधानी क्यानभेरामा अप्रिल १८, २१ र २३ तारेखका दिन प्रदर्शन हुनेछ ।

नेपाली चलचित्रको अष्ट्रेलियामा राम्रो बजार बनाउँन सफल भएका रोशन भट्टराई समूहले नै चलचित्र जारीको अष्ट्रेलियामा प्रदर्शनको चाँजो पाँजो मिलाएको हो । ‘यतिबेला चलचित्रको बजार गरम पारिरहेको चलचित्रलाई हाम्रो समूहले अष्ट्रेलिया ल्याएको हो । यहाँ रहनु हुने नेपाली चलचित्र मन पराउँनु हुने नेपालीहरूको मागलाई ध्यानमा राखेर चलचित्रलाई हामीले अष्ट्रेलिया भित्र्याएका हौं’, भट्टराईले भने ।

सिनेमाको बैशाख महिनाको पहिलो हप्तादेखी अष्ट्रेलियाका अन्य शहरहरू मेलबर्न, ब्रिसवेन, एडिलेड, पर्थ, डार्विन र तास्मानियामा पनि क्रमशः प्रदर्शन गर्दै लैजाने तयारी भैरहेको छ । जारीको सिड्नी शोको आयोजना एस पिपुल एजुकेसन एण्ड भिसा सर्भिसेस र नेपोज ऐजुकेसन भिसा सर्भिसले गरिरहेका छन् ।

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको चलचित्रमा समावेश ठेट नेपाली शब्द र अर्गानीक नेपाली कथा अनि परिबेशका कारण चर्चामा छ । चलचित्र ‘जारी’लाई उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेका हुन् । उपेन्द्रले ‘कबड्डी’ सिरिज लेखनमा रामबाबुलाई साथ दिँदै आएका थिए । उनले, यही चलचित्रबाट निर्देशनमा डेब्यू समेत गरेका हुन् । रामबाबु गुरुङको निर्माणमा बनेको चलचित्रमा दयाहाङ र मिरुनासहित प्रेम सुब्बा, विजय बराल, रेखा लिम्बू, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, पुष्कर गुरुङको समेत अभिनय छ ।

Leave a Reply