आँचल शर्माको विवाह मिति पक्का

अभिनेत्री आँचल शर्माको विवाहको मिति पक्का भएको छ । गएको एक वर्षदेखि डा. उदिप श्रेष्ठको प्रेममा रहेकी उनी यहि फाल्गुन २९मा वैवाहिक जीवनमा बाँधिँदै छिन् ।

आँचल र उदिपको विवाह राजधानीको बुढानिलकण्डमा रहेको होटल पार्क भेन्यूमा हुने आँचलको परिवारको भनाइ छ । विवाहको भोलिपल्ट ३० फाल्गुनमा होटल हायातमा भव्य रिसेप्सनको आयोजना गरिने भएको छ ।

केही समय अगाडि मात्र आँचलले प्रेमसम्बन्ध एक वर्ष पूरा भएको बताउँदै आफ्नो प्रेमलाई विवाहमा परिणत गर्ने विचार रहेको बताएकी थिइन् । एक वर्षसम्म आफ्नो प्रेम लुकाएर राखेका यी जोडीले सार्वजनिक रूपमा नै प्रेम स्वीकार गरिसकेका छन् ।

आँचल र डा. उदिप विवाहको तयारीमा रहेका छन् । आँचलले अहिले आफू कुनै चलचित्रमा व्यस्त नभएको कारणले फागुणमा आफूहरूले बिहे गर्ने जानकारी दिएकी हुन् ।

Leave a Reply