बैवाहिक जीवनमा बाँधिदै आँचल शर्मा

अभिनेत्री प्रियंका कार्कीको विवाह मिति भर्खर तोकियो यसै बिच अभिनेत्री आँचल शर्माको पनि विवाह हुने पक्का भएको छ ।

केही समय यता प्रेममा रहेकी उनी प्रेमी उदिप श्रेष्ठसँग वैवाहिक जीवनमा बाँधिँदै छिन् । उनको यही फागुनको अन्तिम अर्थात् २५ देखी २७ को बिचमा विवाह हुने बुझिएको छ । उनले शुक्रवार आफ्नो परिवारसँग हुनेवाला दुलही भन्दै केक काटेकी छिन् ।

केहि समयदेखि आँचल र उदिपको प्रेमको बारेमा चर्चा चलिरहेको थियो । समय – समयमा उनीहरुले एक अर्काबीच भेटघाट गरेकाे तस्वीरहरु सामाजिक संजालमा पाेष्ट गर्दै आएका छन्।

Leave a Reply