सुशान्त सिंहको अन्तिम चलचित्र ‘दिल बेचारा’ डिजिटल प्लेटफर्ममा प्रदर्शन हुने

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम चलचित्र ‘दिल बेचारा’ डिजिटल प्रदर्शन हुने भएको छ । आइतबार मुम्बईको बान्द्रा स्थित आफ्नो अपार्टमेन्टमा आत्महत्या गरेका सुशान्त सिंह राजपुतको अन्तिम चलचित्र बन्यो ‘दिल बेचारा’ । मुकेश छाबडाको निर्देशनमा बनेको चलचित्र ‘दिल बेचारा’ लकडाउनका कारण रिलिज हुन पाएन । लकडाउन र कोरोना प्रभावका कारण अब यो चलचित्र हलमा नभई डिजिटल प्लेटफर्ममै आउने भएको छ । चलचित्रमा सुशान्त र संजना सांघीको मुख्य भूमिका रहेको छ भने सैफ अलि खानको पनि महत्त्वपूर्ण भूमिका रहेको छ । चलचित्र ८ मे का लागि रिलिज मिति तोकिएको थियो ।

चलचित्र ‘दिल बेचारा’ सन् २०१४ मा प्रदर्शन भएको सफल हलिउड चलचित्र ‘द फल्ट इन आवर स्टार्स’ को आधिकारिक रिमेकमा निर्माण भएको चलचित्र हो । एक अदभूत कलाकारको रूपमा स्थापित भैसकेका सुशान्तको ‘दिल बेचारा’ लाई यतिबेला सम्पूर्ण दर्शकहरूले डिजिटल प्लेटफर्ममा प्रदर्शन नगरी ढिलै भएपनि चलचित्र घरमा प्रदर्शन गर्न माग गरिरहेका छन् । अब दर्शकले सुशान्तको अभिनय रहेको चलचित्र यो भन्दा पछि हेर्न पाउने छैनन् ।

Leave a Reply