‘आकाशे खेती’को पहिलो गीत ‘चिटिक्कै परेर आइछ्यौ’ सार्वजनिक

चलचित्र ‘आकाशे खेती’को पहिलो गीत ‘चिटिक्कैै परेर आइछ्यौ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । हरि उप्रेतीको शब्द, राजेशपायल राई, लोक पौडेल, अञ्जु पन्त र सुम्निमा इङ्नामको स्वर रहेको गीतमा विकास चौधरीले संगीत भरेका छन् । चलचित्रको यो गीतको भिडियोमा मुख्य कलाकारहरु गौरव पहारी, विल्सनविक्रम राई, बुद्धि तामाङ, नीता ढुङ्गाना, रविन्द्र झा, रमा लिम्बू लगायतको आकर्षक नृत्य देख्न सकिन्छ । यो गीतको कोरियोग्राफी राजीव सिंहले गरेका छन् ।

उदय सुब्बाको निर्देशन रहेको चलचित्रमा गौरव पहारी, विल्सनविक्रम राई, बुद्धि तामाङ, नीता ढुङ्गाना, रविन्द्र झा, रमा लिम्बू, जयनन्द लामा, शिशिर वाङ्देल लगायतको अभिनय छ । विनामिहिनेत पैैसा कमाउन चाहने युवाहरुको सपनाको कथामा यो चलचित्र निर्माण भएको छ । चलचित्र फागुन २७ गते प्रदर्शन हुँदै छ ।

केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङबाङ, दिलप्रकाश याक्सो निर्माता रहेको चलचित्रमा उदयको कथा छ । चलचित्रमा विल्सनविक्रम राईको संवाद छ । एसएस इन्टरनेशनल फिल्म्स र तक्मे प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रमा विक्रम डीसीको छायांकन, सुजन बडालको सम्पादन, राजु किरातीको एक्सन, रामजी लामिछाने र राजीव सिंहको नृत्य, विकास चौधरी र बादल लिम्बूको संगीत छ ।

Leave a Reply