आँचलको प्रेमी उदिपसँग इन्गेजमेन्ट सम्पन्न

अभिनेत्री आँचल शर्मा र उनका प्रेमी डा.उदिप श्रेष्ठको इन्गेजमेन्ट सम्पन्न भएको छ । आँचल र उदिपका नजिकका आफन्तको उपस्थितिमा इन्गेजमेन्ट सम्पन्न भएको हो ।

आज सोमवार आँचल र उनका प्रेमी उदिपको इन्गेजमेन्ट काठमाडौँको चुच्चे पाटीस्थित इम्पेरियल बैंक्वेटमा सम्पन्न भएको हो । इन्गेजमेन्ट गरिए पनि उनीहरूको बिहेको मिति भने सार्वजनिक गरिएको छैन ।

आँचल र उदिप यही फागुन अन्तिममा वैवाहिक जीवनमा बाँधिने भने पक्का भैसकेको छ । डेढ वर्ष लामो प्रेम सम्बन्धपछि उनीहरु विवाह गर्न लागेका हुन् ।

Leave a Reply