आँचल र उदिपको हातमा एक अर्काको नामको मेहेन्दी(फोटो फिचर)

आज बिहीबार प्रेमी डा. उदिप श्रेष्ठ वैवाहिक जीवनमा बाँधिन लागेकी आँचलले निकै उत्साहित बनेर विवाहको मेहेन्दी लगाएकी छिन् । विवाहको माहौल सृजना गर्दै उनले परिवार निकट व्यक्तिहरूको उपस्थितिमा मेहेन्दी लगाएकी हुन् । मेहेन्दीमा उदिप पनि उपस्थित थिए भने दुवैले एक अर्कालाई मेहेन्दी लगाइदिएका थिए । आँचलले उदिपको हातमा आफ्नो नाम लेखिदिएकी छिन् भने उदिपले आँचलको हातमा ।
आँचलले मेहेन्दीमा पहेंलो रङ्गको लेहेंगा लगाएकी छिन् भने उनलाई साथ दिन उदिपले कालो रङ्गको सेरवानी लगाएका छन् ।

आँचल र उदिपको विवाह आज काठमाडौँको पाँच तारे होटेल हुँदै छ । दुईले विवाहमा आफन्त, साथीभाइ र सीमित चलचित्रकर्मीलाई मात्र निम्त्याएका छन् भने विवाहको रिसेप्सन पार्टी भने चैत्र १ गते राखेका छन् । डेढ वर्ष लामो प्रेम सम्बन्धपछि उनीहरु विवाह गर्न लागेका हुन् ।

Leave a Reply