१६ औं दिनसम्म आइपुग्दा यस्तो छ एनिमलको कलेक्शन

भारतीय फिल्म एनिमलले आफ्नो १६ औं दिनमा १३ करोड भारु रुपैयाँ कलेक्शन गरेको छ । सन्दिप रेडिको एनिमल फिल्म अहिले पनि भारतका विभिन्न हलहरुमा चलिरहेका छन् । रनबिर कपुर र रमिका प्रमुख पात्र रहेको फिल्मले अहिलेसम्म भारतमा मात्र किरब ५०० करोड भारु रुपैयाँ कलेक्शन गरिसकेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

यसका साथै, विश्व बजारमा यो फिल्मले ८०० करोड भारु कमाइसकेको बताइएको छ । धेरै संचार माध्यमहरुले फिल्मको वल्र्डवाइड कलेक्शन ९ अर्ब भारु हाराहारी हुने अनुमान गरेका छन् ।

यो फिल्मले बजारमा राम्रो प्रदर्शन गरेपनि फिल्मको अहिले तिर्व आलोचना पनि भइरहेको छ । भारतको संसद भवनमा समेत यो फिल्मको बारेमा प्रश्न उठेको थियो । भारतका राज्य सभाका सांसद रन्जित राजनले संसद भवनमा भनेका छन्, ‘मेरी छोरी र उसका साथीहरु फिल्म हेरिरहेका थिए। फिल्म हेर्ने क्रममा उनिहरु रोए र हाफटाइममा थिएटर छोडे। फिल्ममा हिंसा र दुर्व्यवहारलाई प्रोत्साहन गर्नु लज्जास्पद छ ।’

Leave a Reply