अभिनेत्री निरिशा बस्नेतले जितिन् कोरोना

अभिनेत्री निरिशा बस्नेत कोरोना संक्रमणबाट मुक्त भएकी छिन् । केही दिन अगाडि कोरोना संक्रमित भएपछि निरिशा मुम्बइको एक अस्पतालमा भर्ना भएकी थिइन् । उनले, सामाजिक संजालबाट आफूलाई कोरोना भएको जानकारी गराएकी थिइन् । नायक विश्व बस्नेतले निरिशा कोरोनाबाट मुक्त भएको र क्वारेन्टाइनबाट फर्किएको जानकारी दिदै शुभेच्छुक सबैलाई धन्यवाद दिएका छन् ।मुम्बईमा रहेर सिरियलमा काम गरिरहेकी निरिशाले चलचित्र ‘जानी नजानी’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । कलाकार विश्व बस्नेतकी छोरी निरिशाले भारतमा भारतीय सिरियल ‘चन्द्र नन्दिनी’ मा काम गरिसकेकी छिन् ।

Leave a Reply