सहिमा र बिक्रमको “मोयाले” मा आकाश र आरुषीको रोमान्स(भिडियोसहित)

लोकप्रिय गायिका सहिमा श्रेष्ठ तथा गायक बिक्रम रानाको नयाँ गीत “मोयाले” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।नेपाली सांगीतिक बजारमा एक पछि अर्को राम्रो राम्रो गीतहरु पस्केर सम्पुर्ण नेपाली गीत संगीतको पारखिहरुको रोजाइमा पर्न सफल सुमधुर आवाजकी धनि सुन्दरी चर्चित गायिका सहिमा श्रेष्ठ र अर्का लोकप्रिय गायक बिक्रम रानाले फरक शैलीको गीत “मोयाले” सांगीतिक बजारमा लिएर आएका छन् । गीतको भिडियोमा आकाश श्रेष्ठ र आरुषी मगरलाई फिचर्ड छन् ।

संगीतकार दिपक शर्माको शब्द तथा संगीत रहेको यस गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका हुन् । सार्वजनिक म्युजिक भिडियोलाई छायाँकार अर्जुन तिवारीले छायांकन गरेका हुन् भने निर्देशक शिब बिकले निर्देशन गरेका छन् । भिडियो हेर्नुहोस :

Leave a Reply