अशोक दर्जीको एकल गीत ‘प्रणाम’ सार्वजनिक (भिडियो)

लोकप्रिय बालगायक अशोक दर्जीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । अशोकको आवाजमा सार्वजनिक भएको यो पहिलो एकल गीत हो । ‘प्रणाम’ बोलको गीतमा टंक बुढाथोकीको शब्द तथा सङ्गीत रहेको छ । शुक्रबार टंक बुढाथोकीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा अशोक दर्जी र एआर बुढाथोकी फिचर्ड छन् । यस अघि उनले गाएका गीतमा गायक सङ्गीतकार टंक बुढाथोकी र एआरको संयुक्त आवाज रहेको थियो ।गीतको भिडियो निर्देशन टंक स्वयमले गरेका हुन् । भिडियो नवराज उप्रेतीले खिचेका हुन् भने सम्पादन मनोज कार्कीको रहेको छ । भिडियो हेर्नुहोस :

Leave a Reply