नेपालमा OTT सम्भावना र चुनौती

OTT को कुरा नेपालमा नयाँ भए पनि भारतमा यसको चर्चा हुन थालेको केहि पहिले देखि हो तर यसका सिमितताहरु थिए । जस्तो कि पहिले भारतमा सानो बजेटका भनिएका फिल्महरुमात्रै OTT मा आउँथे तर लकडाउनले यो मानक भत्काएको जस्तो देखिएको छ किनभने अहिले ठुलो भनिएका फिल्महरु नि हलको तत्काल सम्भावना नहुँदा र दर्शकहरु घरमा थन्किएको अवस्थामा OTT मा बजारको सम्भावनामा लोभिदैछन् । भर्खरै ठुला भनिएका फिल्महरु OTT मा रिलिज भएका वा OTT ले किनेका समाचारहरु आइरहेका छन् ।

ठुला फिल्मको यो प्रयोग वाध्यताको उपज मात्रै भएको पनि होइन । हल खुल्ने कहिले कहिले , खुलेपनि दर्सक हल सम्म आउने बातावरण बन्न अझै समयलाग्ने अनि त्यसमाथी फिल्महरु लाइनलागेर कुन फिल्म कहिले लगाउने भन्ने विवाद , फिल्म बनाउनको आधी बजेट प्रमोसन मा लगाउन पर्ने अनि त्यस माथी फिल्म को review ले गर्दा दर्सक नआउने सम्भावना। त्यसमाथि, OTT स्वयको बढ्दो व्यापारले तान्ने भइहाल्यो । यसैले फिल्म किनबेच भइहाल्दा अनौठो मान्न मिल्दैन ।

आखिर फिल्म बनाउनु भनेको व्यापारका लागि हो । व्यापार कुन माध्यमबाट गर्नु पर्छ भन्ने निश्चित हुदैन । माध्यमका बारेमा हेर्ने हो भने यो सँधै स्थिर छैन पनि । पहिले सिंगल स्क्रिनमा फिल्म चल्थे त्यसपछि मल्तीप्लेक्स । बिस्तारै टिभी वा सेटेलाइट राइट्समार्फत बजार बढ्यो । यसलाई डिजिटल राइट्स भनेर सिडी र डिभिडीहरुको व्यापार भयो । यसैले बजारमा नयाँ नयाँ माध्यम आइरहेकै हुन्छन् । समग्रमा, फिल्मले व्यापार गर्नु पर्यो भन्ने मात्रै हो, माध्यम चाहे जे सुकै होस् । यसमा OTT पर्दैन भन्न सक्ने कुनै पनि आधार छैन ।

यसैबिच अमिताभ बच्चन, आयुष्मान खुराना अभिनित फिल्म गुलाबो सिताबोलाई अमेजन प्राइमले ६५ करोडमा किन्यो । कलाकारहरु सन्तुष्ट थिएनन् तर निर्माता लोभिएर बेचिदिए । योसँगै टिभीको अधिकार र संगीतको अधिकार समेत गरेर हलमा नचले पनि निर्माताले ८० करोडको हाराहारीमा आम्दानी गर्ने वातावरण बन्यो । ४० करोडमा बनेको फिल्म थप केहि माथापच्ची नगरी ८० करोड आम्दानी गर्ने बन्छ भने निर्माता नलोभिनु पर्ने कारण केहि पनि छैन । माथि नै भनिसकियो कि फिल्म बनाउँनुको अर्थ व्यापार गर्नु नै हो ।

यस्ले भारतिय फिल्म बजार मा निक्कै ठूलो बहस सिर्जना भयो , अब हल को बिकल्प के हो त , पहिले सिङल स्कृन हुँदै मल्तिप्लेक्स सम्म आइसकेपछि लाई OTT ले मल्तिप्लेक्स बिस्थापन गर्ने हैन भन्ने बहस नि चल्यो । आजकल मल्तिप्लेक्स मा फिल्म हेर्न निक्कै महङो पर्ने हुन्छ एउटा परिवार को लागि एउटा ३ जना को परिवार ले फिल्म हेर्दा २०००-३००० खर्च गर्न पर्ने देकिन्छ भने ४-५ घन्टा को समय नि सकिने हुन्छ , OTT मा बार्सिक १५००-२००० तिरेपछि सयौ सामग्री ५० इन्च को टिभीमा , सराउन्ड साउन्ड राखेर आफ्नो समयअनुसार हेर्ने सुबिधा पनि दर्सकलाई छ्दै छ । त्यसैले प्राइम लाई पुर्ण बिस्वास थियो यो फिल्म आएपछि प्राइम को सब्स्कृप्सन बद्नु को साथै viewership बद्छ । तर गत सुक्रबार फिल्म रिलिज भएपछि प्राइम ले सोचेको जस्तो केही नि भएन , सोचेको जस्तो सब्कृप्सन नि बदेन viwership पनि । अब यसले गर्दा अरु आउने फिल्म को डिल लाई नि असर गर्न सक्ने सम्भावना बदेको छ । हलमा जस्तो माहौल र प्रबिधी घरमा हुदैन, यसले रमाइलोमा पार्ने फरक पनि छ । तर यसलाई निर्धारण गर्ने फिल्म निर्माता भन्दा बढि OTT कम्पनी र दर्शक हुन्छन् ।

नेपालमा कस्तो असर पर्ला ?

नेपालमा OTT को खासै बहस हुदैन किनभने दर्शकहरुलाई यसबारे कम जानकारी छ र जानकारी भएकाहरु पनि सबैले यसमा त्यति रुचि देखाएका छैनन् । यसैले केहि फिल्मले फाइदा उठाउन सके पनि तत्कालै यसले नेपाली फिल्मको बजारमा नै फरक पार्ने भने देखिएको छैन । केहि महिना पहिले प्रियंका कार्की, अर्पण थापा अभिनित अनागत चलचित्र हलमा नआइ आइफ्लिक्स मा रिलिज भएको थियो तर यसले त्यहाँ राम्रो व्यापार गर्न सकेन ,ठूलो भनिएको स्टार भएपनि हलमा नआए पनि फिल्म ले OTT मा खास राम्रो गर्न नसकेको देखिन्छ । केही समय पहिले नेपाली फिल्म कोपिला निर्माला बलात्कार को आधारित दिसहोम मा नि आयो अनि रेखा थापा सबिन श्रेष्ठ अभिनित हिरो रितर्न्स पनि रिलिज भयो हल मा भन्दा पहिले , तर यो फिल्मले व्यापार सोचेको जस्तो गर्न सकेको छैन भने हलमा पनि राम्रो चलेको फिल्म छक्का पञ्जाले डिस होममा पनि राम्रो व्यापार गर्यो ।

नेपाल को लागि OTT भनेको दिसहोम नै मान्न सकिन्छ, अरु भएको OTT को पहुच सबै मा छैन अनि नेटफ्लिक्स प्राइम जस्तो नेपाल मा प्रचलित OTT मा नेपाली सामग्री राख्न अझै केही समय लाग्ने तथा नेपाल बाट पैसा तिर्न गारो भएको अवस्थाले गर्दा नेपाली OTT फिल्म बजार माथी उठ्न नसकेको देकिन्छ । जुन कुरा दर्सक को चासो हुन्छ त्यो चाहे हल मा आओस् वा दिशहोम वा netflix मा दर्सकले हेरि हाल्छ्न , अनि जुन कुरा मा रुचि हुन्न त्यो जता आएपनि हेर्दैन भन्ने कुरा नै देखियो ।। यसैले नेपालमा OTT को सम्भावना के कस्तो हुन्छ भनेर अहिले नै आकलन गर्नु अलिक हतारो हुनेछ तर यति भन्दै गर्दा पनि OTT मा नेपाली फिल्महरु थपिदै गर्दा र मानिसहरुलाई यस प्रति चासो र विश्वास बढ्दै गर्दा नेपाली फिल्मका लागि नयाँ बजार भने यो हुन सक्छ ।

Leave a Reply