सुदिन पोख्रेलको नयाँ गीत ‘समृद्धि’ सार्वजनिक(भिडियोसहित)

गायक सुदिन पोख्रेलको नयाँ गीत ‘समृद्धि’ सार्वजनिक भएको छ। आइतबार विश्व सङ्गीत दिवसको दिन सार्वजनिक भएको गीतको भिडियोमा सुदिन स्वयं प्रस्तुत छन् ।सुदिनको आवाजमा ‘समृद्धि’ बोलको गीतलाई सुदिनले आफ्नो अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

अनन्त कोइराला र सुदिनको शब्द रहेको गीतमा सुदिनको स्वर र संगीत रहेको छ। सिद्धार्थ र दिपेशको निर्देशनमा तयार भएको गीतको भिडियोलाई सिद्धार्थकै छायांकन तथा सम्पादन रहेको छ । गीतमा सन्देश परियारको निर्माण तथा मिक्सिंग रहेको छ।गीतको शब्दहरु अत्यन्तै मार्मिक अनि समय सान्दर्भिक रहेको छ। गीतले २१औँ शताब्दीमा जनता भन्दा शक्तिशाली शासक भएको भन्दै नेपालमा विद्यमान समस्या र बेथिति माथि निकै कलात्मक व्यङ्ग्य गरेको छ । भिडियो हेर्नुहोस :

Leave a Reply