सुगम पोखरेल बुबालाई सम्झिँदै लेख्छन्-‘बुबाका लागि तयार पारेको गीत सुनाउनै पाइन’

गायक सुगम पोखरेलका बुबा एकनाथ पोखरेलको शनिवार निधन भयो । बुबाको निधनले अहिले उनी शोकमा छन् । यसैबीच सोमबार आफूलाई परेको शोकका बारेमा जानकारी दिँदै गायक सुगम पोखरेलले सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै आफुले बुवाका लागि तयार पारेको गीत बुबालाई नै सुनाउन नपाएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् – ” बुवा” सम्बन्धी गीत तयार पारेको थिए अफशोस सुनाउनै पाईन। नसोचेको भयो,बुवा हामी माझ रहनु भएन।नाग पन्चमी को दिन बेलुका ९:१५ मा देहावसान भयो।अहिले हामी सबै जना हाम्रो पुर्ख्यौली घर रङ्गेली-२ मङ्गलबारेमा १३दिन को काम गरिराखेका छौं । यो दु:खद घडीमा विभिन्न माध्यम बाट समवेदना प्रकट गर्नुहुने सबैलाई आभार व्यक्त गर्न चाहन्छु । तपाईं सबैको प्रार्थना लागोस। “बुवा हजुर को याद आउँछ”

Leave a Reply