ऐश्वर्या राय बच्चन र छोरी आराध्याको कोरोना रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज

बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्याको कोरोना भाइरसको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्ट नेगेटिभ आएपछि ऐश्वर्या र आराध्या अस्पतालबाट डिस्चार्ज भएका छन् । ऐश्वर्या र आराध्या डिस्चार्ज भएको अभिषेक बच्चनले पुष्टि गरेका छन् ।

सामाजिक संजाल ट्वीटर मार्फत सोमबार उनले आफ्नो श्रीमती ऐश्वर्या र र छोरी आराध्याको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको जानकारी दिएका हुन् । तर, अमिताभ र अभिषेक भने अझैपनि अस्पतालमै छन्। जुलाई ११ देखि अमिताभ र अभिषेक अस्पतालमा भर्ना भएका छन् भने ऐश्वर्या र आराध्यालाई हल्का लक्षण देखापरेपछि जुलाई १८ मा अस्पतालमा भर्ना गरिएको थियो।

Leave a Reply