प्रियंकाले आफ्नो जन्मदिनमा आयुष्मानसंग गरिन् कोर्ट म्यारिज

गएको वर्ष नै दुई पटक इन्गेजमेन्ट गरिसकेका अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीले कानुनी रूपमा विवाह गरेका छन् । फागुन १६ गते शुक्रबार सामाजिक परम्परा अनुसार वैवाहिक जीवनमा बाँधिने तयारीमा रहेको यो जोडीले बिहीबार कानुनी विवाह अर्थात् कोर्ट म्यारिज गरेका हुन् ।

बिहीबार जिल्ला अदालत ललितपुर पुगेर उनीहरूले कानुनी विवाह गरेका हुन् । अदालत परिसरमै उनीहरूले एक अर्कालाई मालासमेत लगाइदिएका छन् । विवाहको माहौल सृजना गर्दै मङ्गलवार उनीहरूले मेहेन्दी सङ्गीत लगायत रिवाज पुरा गरिसकेका छन् ।

आज कानुनी विवाह गरेकी नायिका प्रियंका कार्कीको आज नै जन्मदिन पनि परेको छ । विवाहको सँघारमा प्रियंकाले आज आफ्नो ३३ औँ जन्मदिन मनाएकी छिन् । चर्चित ‘आयांका’ जोडी अब शुक्रवार परम्परागत विवाह गर्दै छन् । प्रियंकालाई जन्मदिन तथा वैवाहिक जीवनको शुभकामना!!

Leave a Reply