हरिवंश आचार्य र उनकी श्रीमती कोरोनामुक्त

हास्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आचार्यले कोरोनालाई जितेका छन् । गएको असोज १९ गते स्वास्थ्यमा समस्या देखिएपछि पिसिआर परीक्षण गराउँदा उनीहरुमा कोरोना संक्रमण देखिएको थियो । दुई हप्ता होम आइसोलेसनमा बसेपछि उनीहरुले बुधवार पुनः कोरोना परीक्षण गराएका थिए ।
उनले श्रीमतीसँगको एक तस्विर शेयर गर्दै फेसबुकमा लेखेका छन्, ‘हाम्रो कोरोना रिपोर्ट नेगेटिभ आएको छ । हामीलाई धेरै-धेरै माया दिनुहुने सबैमा धन्यवाद ।’ उनले आफूहरुलाई कोरोना संक्रमण देखिएपछि आफूहरुको सम्पर्कमा रहेकालाई होम आइसोलेसनमा बस्न र परीक्षण गराउन आग्रह गरेका थिए । तर, उनीहरुसँग नजिक रहेका कसैलाई कोरोना देखिएको छैन ।

Leave a Reply