चलचित्र ‘समर लभ’ फूलपातीबाट टिभीमा रिलिज हुने

सुबिन भट्टराईको सर्वाधिक विक्री भएको पुस्तक ‘समर लभ’ मा आधारित भएर निर्माण भएको चलचित्र ‘समर लभ’ फूलपातीबाट टिभीमा रिलिज हुने भएको छ । निर्देशक मुस्कान ढकालका अनुसार, कात्तिक ७ गतेबाट डिसहोमको च्यानल नम्बर ८ मा चलचित्र हेर्न पाइनेछ । ढकालले दशैंमा चलचित्र हेर्ने दर्शकको परम्परालाई जीवत राख्न टिभीमै भए पनि रिलिज गर्न लागेको जानकारी गराए । ‘दशैंमा नेपाली चलचित्र हेर्ने दर्शक परम्परा रही आएको छ । यो साल महामारीका कारण नयाँ चलचित्र रिलिज हुन सकेनन् । दशैं खल्लो नहोस् भनेर हामीले टिभीमै भए पनि रिलिज गर्ने निर्णय गरेका हौं,’ मुस्कानले भने । दर्शकले २ सय २५ मा चलचित्र हेर्न सक्नेछन् ।

‘समर लभ’ लाई म्याक्स प्लेयर र नेट टिभीमा पनि रिलिज गर्ने तयारी भइरहेको छ । मुस्कानले चलचित्र तत्कालै युट्युबमा भने रिलिज नहुने जानकारी दिए । सुरज सिंह ठकुरी, आशिष पिया, रेवती क्षेत्री, शिशिर भण्डारी लगायतका कलाकारको अभिनय रहेको चलचित्रमा सञ्जय लामाको छायांकन र पुष्पन प्रधानको संगीत रहेको छ ।

Leave a Reply